कांग्रेस-एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने


  • कांग्रेस-एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमालेबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी नहुने बताए ।



  • ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, उनले भने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *