काठमाडौं : नेपाल प्रहरीमा २४ वर्ष सेवा गरेर राजीनामा दिएका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिनाले संगठनका पूर्व र वर्तमान प्रमुखप्रतिको दृष्टिकोण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन ।
उनले संगठनका पूर्व र वर्तमान गरी १२ जना प्रहरी महानिरीक्षक (आईजी) हरुका बारेमा अनुभव भन्दै विभिन्न आरोपहरु समेत लगाएका छन् ।
उनी लेख्छन्,
मलाई आज केहि कुरा भन्न मन लाग्यो मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केहि होइन, संगठन प्रमुखको कारण भित्रिएका धेरे बिकृतिहरुको बारेमा। नम्बर दिँदै लेख्छु।
१) मेरो नजरमा नेपाल पुलिसको सबै भन्दा फटाहा आइजिपि श्याम भक्त थापा हो जसले नेपाल प्रहरीको दरवन्दी सेनाको जिम्मा लगायो, नेपाल प्रहरीका तलका दर्जाले बर्षमा एक पटक पाउने बिदाको पैसा ज्ञानेन्द्रको सरकारको पालामा बुझायो, पुलिसलाई निरिह बनाउने कार्यको प्रारम्भ गर्यो।
२) नेपाल प्रहरीलाई नेपालकै प्रमुख भ्रष्टाचारी बनाउने ओम बिक्रम राणा साब हुन, जसले सुडान घोटाला को शुत्रपात गरे।
३)नेपाल प्रहरीलाई ओम बिक्रम राणाको रिसले सबै आइजिपिलाई घोटाला बहादुर बनाउने रमेश चन्द ठकुरी साब बने जो बिचरा आफैं सोझा भएपनि राजेन्द्र सिंह भण्डारी र उनको खुरापातको चंगुलमा परेर फसे।
४) नेपाल प्रहरीमा बटारिएको राजनितिक नेक्सस छ भन्ने प्रमाणीत गराउने रबिन्द्र प्रताप शाह हुन जसको छबी सबै भन्दा स्वच्छ थियो आइजिपि बनेपछि जबकी यी आइजिपि बन्नु भन्दा अगाडि यीनको छबी संदिग्ध नै थियो तर आइ जिपि बने पश्चात यी सहि थिए तर अबकास पश्चात माओवादिको सांसद बनेको देख्ने जो कोहिले यीनको नैतिक स्तर को आंकलन गर्न सक्छ।
५)कुबेर सिंह राना अपेक्षा कृत धेरै राम्रा आइजिपि हुन तर यी पनि एआइजिपि भए पश्चात निकै जातीय बने। कार्य क्षमता र मुल्यांकन भन्दा पनि जातीयता र नाकको उचाइमा अलमलिए। यसको कारण यीनले आइजिपि बन्नुको लागि माओवादिका पुन लगायतका गर समुहका नेताहरुसँग गरेको सम्झौता हुन सक्छ। तर यी निकै ब्यबसायीक मध्ये एक थिए।
६) कुबेर सिंह राना पश्चात आइजिपि बनेका उपेन्द्र कान्त अर्याल दृष्टिकोणमा नै कमजोर थिए शायद एउटा आँखाले मात्रै काम गरेकोले होला। यिनकै पालामा टिकापुरमा पुलिस मारिए। टिकापुरमा भएको घटनाका दोशि रेशम चौधरी भन्छन तर टिकापुरमा प्रहरीको प्रथम श्रेणीको अधिकृतलाई बिना कुनै हतियार टिकापुर जाने आदेश दिने यी र यिनका कार्य बिभाग प्र,मुख टिकापुर घटनाका प्रमुख दोशि हुन। यिनको छोराको बारेमा छापामा आएको घटनामा अनुसन्धान नै गर्न नदिएर यिनले आफुलाई ब्याबसायीकको जमातबाट बाहिर राख्ने कार्य आपैं गरेका थिए।
७) प्रकाश अर्यालको बारेमा म कुनै कुरा गर्न चाहन्न किनकि प्रकाश अर्याल कुरा गर्न लायक मानिस नै होइनन।
८)सर्बेन्द्र खनाल ब्याबसायिक नै भए तापनि मुर्ख हुन। जसले बास्तबमै अनुसन्धान हुने हो भने कुमार पौडेलको घटनाको जिम्मेवारि लिनै पर्ने हुन्छ। यी केहि गर्न चाहने तर बुद्धि नपुगेका मध्ये हुन।
९)ठाकुर ज्ञवालिको के कुरा गर्नु यीनलाई रबिन्द्र प्रताप शाह आइजिपि हुनुभन्दा अगाडि धेरै प्रहरीले चिन्दैनथे। ञिनलाई महरा गृहमन्त्री भए पश्चात काठमाडौ प्रहरीको प्रमुख हुन भन्दा यीनले हिम्मत नगरेपछि यीनलाई कर्मचारी प्रशासन शाखामा ल्याइएको थियो। कमाण्ड ने थिएन।
१०) शैलेश थापाको बारेमा म के भनु यी भनेका मलाई व्यक्तिगत रुपमा कुनै दिन म सिन्धुलिको प्रमुख हुँदा मलाई मेरो नैतिकता भन्दा बाहिर – कुनै यौन दुर्ब्यबहारको मुद्दा जुन मुद्दामा कुनै सिन्धुलीको तत्कालीन सत्तासिन दलको कार्यकर्ताले कुनै एकल महिलालाई रातको समयमा एकल महिलाको यौनांगमा समात्न गए पश्चात प्रहरीले पक्राउ गरेर ल्याए पश्चात मलाई तलाई तानिदिउ कि छाड्छस भनेर मैले तिन पटक सम्म नमान्दा पनि मलाई अन्तिममा जबरजस्ती छाड्न बाध्य बनाउने आइजिपि हुन। एक महिलाको अस्मितालाई पदको अहंकारमा पाइतालामुनि दबाउने यिनको म के कुरा गरु।
११) धिरज सिंहलाई पैसा बाहेक कुनै कुराको मतलब थिएन। उ पैसाकै लागि जागिर खान आएको। पैसा बाहेक उसको कुनै च्वाइस थिएन। उसलाई सहि र गलत बारे जानकारि नै थिएन।
१२) अहिलेको आइजिपि बसन्तको बारेमा म के भनौ नालायक जहिले पनि नालायक नै रहन्छ। यसको बारेमा केहि बोल्नु मुर्खता हुन्छ किनकि यो केहि बोल्न लायक नै छैन।