पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा


  • पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा
  • एजेन्सी – पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो ।

    जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे ।



  • यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।

    शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *