कालिकोट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ।
कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।

बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।