दर्शन सुनार/कतार । नेपाल मगर संघ शाखा कतारले "दशौ राष्ट्रिय मगर भेला तथा २४ औं बार्षिकोत्सव कार्यक्रम-२०२४" भब्य रुपमा सम्पन्न गरेको छ ।
नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन. मगरको प्रमुख आतिथ्यमा "आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरण सहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराँत सभ्यताको दस्तावेजीकरण् र मगराँत दर्शन निर्माणको पक्षमा १० औ राष्ट्रिय मगर भेला ।।" भन्ने मुल नाराका साथ शुक्रबार सनैयामा अवस्थित वेलफेर रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको हो ।

दशौ राष्ट्रिय मगर भेलामा नेपाल मगर संघ शाखा कतारकी प्रथम उपाध्यक्ष देवी कुमारी मगर, द्धितिय उपाध्यक्ष कुमार राहाडी मगरले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा कलाकार जुनु माया कुमाल, रेखा मगर,र भुटानी कलाकार कर्म कान्डी, सोनम पाल्देनले प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल मगर संघ कतारले

प्रवासमा रहेर पनि नेपालको धर्म संस्कृति, रितिरिवाज, मगर समुदायको भाषा, लिपी जातिय पहिचान तथा भेषभुषालाई नेपाल मगर संघ, शाखा कतारले बचाईराखेको बताउदै बार्षिकोत्सवको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डि.एन. मगरले प्रवासमा रहेका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका मगरहरुलाई एकतामा बाध्नु पर्ने बताउदै संघको बार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताए । प्रमुख अतिथी मगरले राज्यबाट हाम्रो धर्म संस्कृति, आर्थिक, धार्मिक मारमा परेको गुनासो पोख्दै धर्म संस्कृतिलाई बचाइ राख्न आगामी दिनमा आर्थिक राजनीतिक हिसाबले पनि मगरहरु अघि बढ्न पर्ने समय आएको बताए ।
नेपाल मगर संघ शाखा कतारका महासचिव समीर थापा मगरले सहजीकरण गरेको कार्यक्रममा रिक्त रहेको पदहरुमा सचिव सोम थापा मगर उपमहासचिवमा, पुर्व केन्द्रिय सदस्य अशोक आले मगर सचिब पदमा मनोनीत भएका छन । भने अन्य सदस्य पदहरुमा नारायण खपाङ्गी मगर, सीता राना मगर, गङ्गा बहादुर बुढा मगर, मोतिलाल बुढा मगर मनोनीत भएका छन ।



