विराटनगरमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या, २ जना गम्भीर घाइते

काठमाडौं । विराटनगरमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या भएको छ । सोमबार राति विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक गम्भीर अवस्थामा भेटिएका कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे गम्भीर घाइते अवस्थामा घेटिएका अन्य दुई जना कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ ।

मृतकको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले बताए । एसपी कार्कीले उनीहरुको शरीरमा धारिलो हतियार प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी ।घटनाबाट एउटा मोबाइल बरामद भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *