कतारमा एकैदिन ४ संस्थाबाट सम्मानित भए राजु परियार


  • कतारमा एकैदिन ४ संस्थाबाट सम्मानित भए राजु परियार
  • दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियार कतारमा सम्मानित भएका छन्।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले आयोजना गरेको बृहत् लोक दोहोरी धमकामा आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका लोक सम्राट परियार एकैदिन ४ संस्थाबाट सम्मानित भएका हुन्।

    लमजुङ सेवा समाज कतार, दलित एकता सञ्जाल कतार,परियार मित्रता समाज कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारले सनैयामा अवस्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा शनिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै राजुलाई दोसल्ला ओढाएर मायाको चिनो र सम्मानपत्रसहित संयुक्तरुपमा सम्मान गरेका हुन्।



  • सम्मान ग्रहण पश्चात् परियारले तेस्रोपटक कतारको सांगीतिक यात्रामा आउन राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान कतारले खेलेको भुमिकामा आफू सदैव ऋणी रहेको बताए। कतारले दिएको माया साथ र प्रेरणाले जीवनलाई थप उर्जावान बनाएको बताउँदै उनले सदैब माया,सम्मान,र सद्भाव मनमा रहिरहने समेत बाचा गर्दै खुसी व्यक्त गरे ।

    कलाकार भनेका राष्ट्रका गहना भएकोले गहनालाई कर्मभूमीमा स्वागत र सम्मान गर्न पाउँदा निकै खुसी मिलेको चारवटै संस्थाका प्रमुखहरुले बताएका थिए।

    सम्मान कार्यक्रमको अन्त्यमा राजु परियार र प्रतिष्ठान शाखा कतारमा आवद्ध रहेका कलाकारले लाईभ दोहोरी समेत गाएका थिए । प्रतिष्ठान कतारका कलाकार लगायत अन्य शुभचिन्तकहरुले परियारलाई मायाको चिनो कोशेली प्रदान गर्दै खुसी समेत बाडेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *