सल्यानमा आफ्नै बाबु द्वारा ८ बर्षकी बालिका बलात्कृत


सल्यान
आठ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा आफ्नै बाबु बुरुद्द जाहेरी परेको छ । जिल्लाको शारदा नगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा बावु बिरुद्द मुद्दा दर्ता गरेपछि घटना बाहिरीएकाे हाे ।
उजुरी दर्ता लगत्तै प्रहरी घटनामा संलग्न बाबुकाे खाेजि गरिरहेकाे बताएपनी पिडक बाबू भने फरार रहेका छन । लामाे समय देखि धम्काएर उनलेे पटकपटक छाेरीमाथी जबरजस्ती करणी गर्दै आएको खुलेको छ ।
एकदिन आफु छोरीलाई बुवासंग घरमा छोडेर घाँस काट्न गएको र घाँस काटेर घर फर्किदा त्यस्तो घटना देखेपछि आमा प्रहरीमा जान बाध्य भएको स्रोतले बतायो । घटनामा संलग्न चाडै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए ।