काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विशवासको मत नपाएपछि राष्ट्रपतिको आह्वानमा ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । उनी संविधानको धारा ७६ (२) चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।