भ्रमको यात्रा


  • भ्रमको यात्रा
  • यहाँको प्रत्येक बाटो
    तिमीसम्म नै पुग्छन्
    र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु

    गन्तव्य पुग्न हतार भएर पनि
    उभिएको छु कतै एक छेउ
    दोबाटा, चौबाटा र सातदोबाटोहरू 
    मलाई बेस्कन भ्रम छरिदिन्छन्



  • आँखैअघिको बाटो नचिनेर
    मानिसहरू यसरी नै यात्राबाट फर्कंदा रहेछन् 
    र, अन्तर्मनको यात्रा गरेर सन्न्यास ग्रहण गर्दा रहेछन् 

    फेरि तिनै स्वामीहरू, गुरुहरू, प्रव्राजकहरू 
    अग्लो मञ्चमा बसेर 
    मानिसलाई जीवनको पाठ पढाउँदा रहेछन् ।
    श्याम रिजाल-(२०७७ मंसिर २०) बाह्रखरी
     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *