नवोदित साहित्य वाचनालय कतारको अध्यक्षमा सानू थपलिया


  • नवोदित साहित्य वाचनालय कतारको अध्यक्षमा सानू थपलिया
  • दर्शन सुनार/कतार : 'नवोदित साहित्यिक वाचनालय' कतारले १६ औं अधिवेशन सम्पन्न गरेको छ। 'भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान' भव्य तरिकाले अधिवेशन सम्पन्न गरिएको हो।

    नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष नारायण निर्जल भन्डारीको सभापतित्व रहेको अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। आगामी कार्यकालको लागि सानू थपलिया अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै प्रथम उपाध्यक्षमा सोम थापा, द्वितीय उपाध्यक्षमा शोभाराम ओली,मोबाईल पुस्तकालय संयोजकमा सुरेश परियार,महासचिवमा शिव सुवेदी, सचिवमा खिम पुन, कोषाध्यक्षमा सुजता डिसी र सह कोषाध्यक्षमा गोबिन्द उदासी निर्वाचित भएका छन्।



  • सदस्यहरुमा भने रफि मिया,
    लुरी थपलिया,अनवर अली,डिल्लीराज केसी निर्वाचित भएका छन्। नेपाली राजदूतावास कतारका प्रथम सचिव तथा वरिष्ठ साहित्यकार कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यताले अधिवेशन कार्यक्रमको थप शोभा बढेको थियो।

    मरुभूमिमा बसेर लेख्ने कविताहरुले नेपालको नेपाली साहित्यको बर्तमान सकांलिन कविताको मुल धारको नेतृत्व गर्न सक्ने कविता लेख्न कोशिस गर्न प्रमुख अतिथि सुवेदीले सुझाव दिएका थिए। अधिवेशनमा केही साहित्यकारहरुले आफ्नो रचना सुनाएका थिए। साहित्यिक रचनाले कार्यक्रमको रौनक नै बेग्लै भएको थियो।

    कार्यक्रममा २१० औँ जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको फोटोमा माल्यार्पण समेत गरिएको थियो। साथै, नवोदित वाचन श्रृङ्खलाको १४८ औँ वाचन डबली अन्तर्गत लामो समयदेखि कतारमा साधनारत नवोदित वाचनालयका पूर्वअध्यक्ष लेख कार्कीलाई 'नवोदित श्रष्टा सम्मान २०८१'द्वारा सम्मान गर्दै दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो ।

    कार्यक्रममा कतारमा रहेर विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकारहरु,विशिष्ट श्रोताहरु लगायत साहित्यलाई माया गर्ने साहित्य प्रेमीसहित कतारमा स्थापित विभिन्न संघ सस्थांहरुका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *