विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख



काठमाडौं ।
विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १० हजार ४९२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।