कास्की आदर्श समाज कतारले स्थापना दिवसमा स्मारिका बिमोचन गर्ने


  • कास्की आदर्श समाज कतारले स्थापना दिवसमा स्मारिका बिमोचन गर्ने
  • दर्शन सुनार/ कतार । कास्की आदर्श समाज कतारले आफ्नो स्थापना दिवस आगामी शुक्रबार मनाउने भएको छ । आफ्नो "२२ औ स्थापना दिवसको अवसर पारेर स्मारिका बिमोचन कार्यक्रम २०२४ समेत गर्ने समाजका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए ।

    २६ जुलाई शुक्रबारका दिन  १२ बजे प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु,सामाजिक संघ सस्था, प्रदेश समन्वय जिल्ला संस्थाहरु, कलाकार,पत्रकार,बुद्धिजीवी ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थितहुन अनुरोध समेत गरेको छ ।



  • ‘कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मुल नारा रहेको संस्थाले सन २००२ मा कतारमा स्थापित संस्था स्थापनाकालदेखी नै कतार तथा गृह जिल्ला कास्कीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेदै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *