भारतमा ५२ जना बसेको तीनतले भवन ढल्यो


  • भारतमा ५२ जना बसेको तीनतले भवन ढल्यो
  • भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ।

    बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे। 



  • भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्। नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *