वालिङ् नगर ईकाईको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पंगेनी निर्वाचित


  • वालिङ् नगर ईकाईको तेस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा पंगेनी निर्वाचित
  • दर्शन सुनार/कतार : स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको वालिङ नगर ईकाईले तेश्रो अधिवेशन तथा  साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ  ।

    वालिङ् नगर ईकाईका अध्यक्ष बिष्णु पगेंनीको सभापतित्व तथा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश् परियारको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा पुन: बिष्णु प्रसाद पगेंनीको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

    प्रथम उपाध्यक्षमा जित बहादुर थापा,दित्तिय उपाध्यक्षमा ईश्वरी ढुङ्गाना,तृतीय उपाध्यक्षमा दिपक पगेंनी,सचिबमा नारायण गैरे सह- सचिबमा डोलराज पगेंनी,कोषाध्यक्षमा नारायण क्षेत्री र सह- कोषाध्यक्षमा कमल काफ्ले निर्वाचित भएका छन ।



  • त्यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रसाद गौतम,पदम नेपाली,बिनोद नेपाली,पुण्य कोइराला, भेषराज पराजुली,सन्तोष मिजार,टोपलाल पाण्डे, नवीन शाही ठकुरी,नर गुरुङ, बिदुर पगेंनी,गोबिन्द क्षेत्री,भिम खाम्चा,खगेस्वर भुषाल बाल प्रसाद लुइँटेल,चन्द्रपती चपागाई र छवि तिवारी रहेका छन। भने एक जनाको पद रिक्त रहेको छ उक्त रिक्त पद पहिलो बैठकबाट मनोनीत गरिने समाजले जानकारी दिएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई स्याङ्जा सहयोग समाज कतारका संस्थापक सचिव तथा वर्तमान संरक्षक श्री कमल न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    विधिवत रुपमा नेपाली मौलिक पञ्चेबाजालाई पुजेर कार्यक्रमको समुद्ध उदंघाटन गरिएको कार्यक्रममा वालिङ् नगर ईकाईका महासचिव जित बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।


    ईकाईको दुई बर्षे कार्यकालको आर्थिक प्रतिवेदन समेत पेश गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान कतारमा आवद्ध रहेका स्थानीय कलाकारहरुले सागिंतिक प्रस्तुति दिएका थिए ।कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

    समाजका बिशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजको मातहतमा रहेका विभिन्न ईकाईका प्रमुख तथा प्रतिनिधि,पत्रकार,कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजलाई विभिन्न कालखन्डमा सहयोग पुर्याउने समाजका विशिष्ट ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    प्रमुख अतिथी परियारले आफ्नो मन्तव्य बोल्दै स्याङ्जा सहयोग समाजको मातहतमा रहेका ईकाईहरु फुटेर हैन जुटेर केन्द्र ग्रह जिल्लामा बिकासका लागी अगाडी बढन समेत आग्रह गरे । नयाँ कार्यसमितिले नयाँ र फरक कार्य गर्नेमा विश्वस्त लिदै शुभकामना समेत दिएका थिए ।

    वरिष्ठ उपाध्यक्ष पदमराज न्यौपानेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पगेंनीले अब बन्ने नयाँ कार्यसमितिले आफना कार्यकालमा बाकी रहेका कामलाई नयाँ कार्यसमितिले पुर्णता दिने बिश्वास व्यक्त गर्दै खुल्ला सत्रको समापन गरे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *