आदर्श समाज कतारद्वारा ‘आदर्श सन्देश स्मारिका अंक २’ विमोचन


  • आदर्श समाज कतारद्वारा 'आदर्श सन्देश स्मारिका अंक २' विमोचन
  • दर्शन सुनार/कतार : "कास्की आदर्शको चाहना,सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मुल नाराका साथ कास्की आदर्श समाज कतारले आफ्नो २२औ स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका अंक २ को विमोचन गरेको छ ।

    कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा स्थापना दिवस सगैं सन्देश स्मारिका अकं र को बिमोचन गरेको हो ।

    विधिवत रुपमा सहित केक काटेर पुस्तक बिमोचन गर्दै उद्धघांटन गरिएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुरज राना भाटले स्वागत मन्तव्य राखेका थिए ।स्मारिका पुस्तकको समिक्षा गर्दै कवी तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले कतारमा थोरै मात्रामा स्मारिका प्रकाशन हुने गरेको बोल्दै समाजले प्रकाशनमा ल्याएको स्मारिका उत्कृष्ट रहेको बताए ।



  • कार्यक्रममा तमु गुरुङ समाज र प्ले तमु संघमा आवद्ध रहेका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । फेवा साँस्कृतिक परिवारले पोखरा सेरोफेरो मा गाइने भाका लाई लाइभ म्युजिक मार्फत पेश गरेका थिए । समाजका  पुर्व अध्यक्ष, संस्थापक सचिव संरक्षक लगायत बिशिष्ट अतिथिहरुले पोखराको सुन्दरताको व्याख्या गर्दै पोखरामा देखिने मनोरम दृश्य,पोखरालाई प्रकृतिले दिएको हिमाल,ताल पर्यटकिय स्थल लगायत धेरै कुरा स्मारिकामा देख्न पाईने बताउदै  स्मारिका प्रकाशनमा समाजले गरेका गतिविधीहरुलाई पृथक तरिकाले समेटिएको बताउदै निकै प्रशंसा सहित धन्यवाद व्यक्त गरेका थिए  ।

    प्रमुख अतिथी सुवेदीले शुभकामना मन्तव्य बोल्दै समाजले विमोचन गरेको स्मारिका संस्थाको एउटा दस्तावेज भएको र समाजले गरेका उत्कृष्ट कार्य,कतारका अमिरको नेपाल भ्रमण, लगायत धेरै महत्वपूर्ण बिषयलाई स्मारिकामा समावेश गरेकोमा खुशी व्यक्त गरे । उनले अत्यन्तै प्राकृतिक सुन्दरताले भरिएको विश्वले चिनेको पोखरामा त्यहाँको पर्यटन र बिकास बिस्तारमा राज्यले थप लगानी गर्न सके स्वदेशमै रोजगारीको सिर्जना गर्न सकिने बताउदै कतारमा स्थापित संस्थाहरु मध्य कास्की आदर्श सामाजिक कार्यमा अग्रणीमा रहेको बताए।

    सभापति देवकोटाले आफ्नो मन्तव्य बोल्दै सामाजिक एवं परोपकारी गतिबिधिहरु लिपिबद्ध गरि सबैका सामु ल्याउने र दस्तावेजका रुपमा आउने नयाँ पिंढी लाई समेत टेवा पुग्ने गरि आफ्नो कार्यकालमा “ आदर्श संदेश-२ प्रकाशन गर्न पाउदा खुसी मिलेको बताउदै स्मारिका आफ्नो जिवनको अमुल्य कमाई समेत रहेको बताए । कार्यक्रमको सहजीकरण  समाजका सचिव बिष्णु तिमल्सिनाले गरेका थिए ।

    कार्यक्रममा कतारमा सामाजिक संघ संस्थाका अगुवा, सामाजिक व्यक्तित्व तथा जिल्ला संघ संस्थाका प्रतिनिधिको उपस्थिति सहित मन्तव्य रहेको थियो । शुभकामना वक्ताहरुले कास्कीको भन्दा सुन्दर पोखराको ब्याख्या गर्दै बिमोचित पुस्तक उत्कृष्ट रहेको र कास्की आदर्श समाज दोहाको समाजमा कास्की आदर्श समाज निरन्तर अग्रणी रुपमा भूमिका खेलेको समेत बताएका थिए
    पुस्तक बिमोचित कार्यक्रममा प्रमुख अतिथी तथा  समिक्षक लाई दोसल्ला ओढाएर मायाको सहित सम्मान गरिएको थियो । साथै स्मारिकामा लेख,रचना तथा बिज्ञापनमा सहयोग गरेका संस्थाका प्रमुख तथा अन्य ब्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *