नुवाकोट सेवा समाज कतारको ‘८ औं अधिवेशन’बाट अध्यक्षमा घले लामा निर्वाचित


  • नुवाकोट सेवा समाज कतारको '८ औं अधिवेशन'बाट अध्यक्षमा घले लामा निर्वाचित
  • दर्शन सुनार/कतार: 'सेवा नै धर्म हो' भन्ने मुल नाराका साथ नुवाकोट सेवा समाज कतारले आठौं अधिवेशन शुक्रबार ग्रान्डमलमा अवस्थित सेन्चुरी रेष्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ ।

    नुवाकोट सेवा समाज कतारका अध्यक्ष दिपेन्द्र घले लामाको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट  आगामी कार्यकालका लागि अध्यक्षमा पुन: दिपेन्द्र घले लामा निर्वाचित भएका छन्।

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा हिरे तामाङ,प्रथम उपाध्यक्षमा उत्तम भट्ट,दित्तिय उपाध्यक्षमा बुद्धिमान तामाङ महिला उपाध्यक्षमा मिरा तामाङ, महासचिवमा विकास लामा,प्रथम सचिवमा शंकर पाैडेल दित्तिय सचिवमा शुन्दर भट्ट,महिला सचिवमा राधिका घले अधिकारी, काेषाध्यक्षमा दिनेश राज अधिकारी र सह-काेषाध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन्।



  • कार्यसमिति सदस्यहरुमा बिबराम तामाङ, सुब बहादुर तामाङ, मन माया तामाङ,मुनाल तामाङ,रमेश के.शी,दिल माया तामाङ,यमुना राई  मुस्कान गुरुङ र राम प्रसाद वाग्ले रहेका छन् । निर्वाचन समितिका संयोजक बिष्णु भन्डारीले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    कार्यक्रममा रामजी थापा मगर,सुर्जे तामाङ र राजन ठकुरीले आफनो सागिंतिक प्रस्तुति राखेका थिए । पुरानो कार्यसमितिका पदाधिकारीहरुलाई समाजले कदर पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा बागमती प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथी भट्टले आफ्नो मन्तव्य बोल्दै
    पुरानो कार्यसमितिले निकै राम्रा काम गरेको प्रशंसा गर्दै नयाँ कार्यसमितिले समाजलाई थप बलियो बनाएर अगाडि लैजान आग्रह गरे । बागमती प्रदेश समन्वय परिषद कतारलाई बलियो बनाउन प्रदेशको मातहतमा रहेका जिल्ला संस्थाहरु एकतामा बाधिनु पर्ने बताउदै आउने नयाँ कार्यसमितिलाई शुभकामना समेत व्यक्त गरे ।

    समाजका सचीव शकंर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव बिकास लामाले गरेका थिए । सभापति घले लामाले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने समाजका अग्रज र अनुजलाई धन्यवाद सहित हार्दिक आभार व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *