काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई बोर्ड सदस्यबाट हटाएको हो ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।

स्रोतका अनुसार साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । स्पष्टिकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई सोही दिन हटाउने निर्णय भएको हो ।