विजय सिंह/जाजरकोट । जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।
जाजरकोट नगरपालिका- ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।

जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलमा प्रहरी पुगेर उद्धार गरी १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको डिएसपी पाण्डेले बताए।