प्रहरीका ३ एआईजीको सरुवा,जोशी एआईजीमा बढुवा


  • प्रहरीका ३ एआईजीको सरुवा,जोशी एआईजीमा बढुवा
  • काठमाडौं ।नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए । मन्त्री गुरुङका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ ।

    ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा र उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए ।



  • त्यस्तै सरकारले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *