नेपाली सेनाको नयाँ नेतृत्वमा सिक्देल


  • नेपाली सेनाको नयाँ नेतृत्वमा सिक्देल
  • काठमाडौं । नेपाली सेनाले आजदेखि नयाँ नेतृत्व पाएको छ । प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार कार्यभार हस्तान्तरण गरेसँगै सेनाले आजदेखि नयाँ नेतृत्व पाएको हो ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आज (शुक्रबार)देखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार सुम्पिएका हुन् ।



  • ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

    प्रधानसेनापति शर्माको तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जानेछन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रचलन अनुसार सो एक महिनाभरी रथी सिग्देलले कामु प्रधानसेनापतिका रुपमा काम गर्ने छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *