ब्राजिलमा भएको विमान दुर्घटनामा जो भाग्यले बाँचे 


  • ब्राजिलमा भएको विमान दुर्घटनामा जो भाग्यले बाँचे 
  • ब्राजिलको साओ पाउलोमा शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । टिकट काटेर विमान चढ्न छुटेका केही यात्रु भने बाच्न सफल भएका छन ।

    दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेको थिए । तीमध्ये एक एड्रियानो एसिस थिए। 

    उनले भने, ‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएनन् ।’ 



  • पछि उनलाई अब विमानमा चढ्न नसक्ने भनियो । ‘त्यहाँ बसेका केही व्यक्तिहरूसँग मैले यस विषयमा बहस पनि गरेको थिएँ। म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु।’

    अर्का यात्रु जोस फेलिपले सुरुमा लाताम जाने टिकट बुकिङ गरेको बताए । तर लाताम विमानस्थल बन्द थियो ।

    एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनले पनि झगडा गरेको सुनाए । तर अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन्।
    उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान् मात्र हौँ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *