‘परियार मित्रता समाज कतार’को पाँचौ अधिवेशनबाट अध्यक्षमा सुमन निर्वाचित


  • 'परियार मित्रता समाज कतार'को पाँचौ अधिवेशनबाट अध्यक्षमा सुमन निर्वाचित
  • दर्शन सुनार/कतार : 'हातमा हात, काँधमा काँध मिलाई अघि बढौँ र बढाऔँ' भन्ने मुल नाराका साथ परियार मित्रता समाज कतारले सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा "५ औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम २०२४" भब्य रुपमा सम्पन्न गरेको छ ।

    परियार मित्रता समाज कतारकी कार्यवाहक अध्यक्ष उषा परियारको सभापतित्व तथा नेपाली राजदूतावास कतारका का•वा राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा सुमन परियार निर्वाचित भएका छन्।

    वरिष्ठ उपाध्यक्षमा गुप्त परियार, उपाध्यक्ष बालन परियार, महिला उपाध्यक्ष अनिता परियार, महासचिव प्रताप चाहार, सचिव प्रकाश परियार, कोषाध्यक्ष छविलाल परियार र सह कोषाध्यक्ष सालिक परियार निर्वाचित भएका छन्।



  • त्यस्तै कार्यसमिति सदस्यहरूमा अमरसिंह परियार,श्याम परियार, विनोद परियार, रिया परियार र पुनम परियार रहेका छन् l निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले  नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    बिधिवत रुपमा नेपाली पञ्चेबाजालाई पुजेर उद्धघांटन गरिएको अधिवेशनमा समाजका संस्थापक सह-कोषाध्यक्ष सुमन नेपालले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा दर्जन भन्दा बढी स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए ।समाजको दुई बर्षे कार्यकालको संस्थागत प्रगति विवरण महासचिव सुनिल परियारले पेश गरेका थिए । अधिवेशन मार्फत समाजका संरक्षक, प्रमुख सल्लाहकार सहित समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने सहयोगी, पत्रकार, कलाकार तथा खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

    प्रमुख अतिथी राईले आफ्नो मन्तव्य बोल्दै प्रकृतिको धनी देश् नेपाल बहुभाषी,बहुजाती,बहुधार्मिक,बहु-साँस्कृतिक  राज्य भनेर सविंधानको दस्तावेजमा उल्लेख गरेको बताए । उनले सबै नेपाली समान हौ सबै समान  नेपालीहरुलाई  समान हक अधिकार राज्यले प्रदान गरेको बताउदै एकले अर्कोलाई सम्मान,व्यवहार गर्न सकिएन विभेद गरियो भने बिभेदले बिद्रोह हुन्छ,बिद्रोहले अशान्ती जन्माउछ भन्ने उनको भनाई रहेको थियो ।

    समाजका महासचिव सुनिल परियार र अनिल परियारले मिलेर सहजीकरण गरेको कार्यक्रमको खुल्ला सत्रको समापन गर्दै सभापती उषा परियारले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न सहयोग गर्नुहुने लगायत  हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरिन कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सहित शुभकामना मन्तव्य समेत रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *