कतारमा रहेका नेपाली दिदिबहिनीहरुले मनाए तीज


  • कतारमा रहेका नेपाली दिदिबहिनीहरुले मनाए तीज
  • दर्शन सुनार/कतार : नेपाली नारीहरुको बेदना पोख्ने चाडको रुपमा लिईने तीज पर्वको यतिबेला देश तथा बिदेशमा समेत चहलपहल बढेको छ ।

    तीज आउनु अगावैं बिदेशमा समेत तीजका कार्यक्रम सुरु हुन थालेका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर कतारमा रहेका नेपाली दिदीबहिनीहरुले दर खाने कार्यक्रम दोहामा सम्पन्न गरेका छन् ।

    विगत एक दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका शरु पान्डे,श्याम पान्डे र दिपक एन्जिला कार्कीद्वय परिवारले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्दै कतारमा रहेका नेपाली दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेका हुन । उक्त कार्यक्रममा शरु पान्डेको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यता रहेको थियो ।



  • कार्यक्रममा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति पस्केका थिए । सांगीतिक प्रस्तुतिमा रमाउदै दिदीबहिनीहरु दर,खिर अचार पुरी रोटी लगायतका परिकारको स्वाद लिदै परम्परागत तिजका भाकाहरुमा छमछमी नाचेर भरपुर्ण मनोरञ्जन लिएका थिए ।

    प्रमुख अतिथी केसीले मन्तव्य बोल्दै पारिवारिक माहोलमा जुटेर तिज मनाउन पाउँदा खुशी व्यक्त गर्दै नेपाली दिदीबहिनीहरुको साझाँ संस्था महिला समाज कतारमा आवद्ध हुन सबैलाई आग्रह गर्दै  केसीले कतारमा कार्यरत महिला दिदी बहिनीहरुलाई केही भै परि आएको खन्डमा समाजलाई सम्झिन समेत आग्रह गरिन ।

    समाजसेवी एन्जिला कार्कीले स्वागत मन्तव्य बोल्दै आफुले लामो समयदेखि दुख,बिपदमा आईपरेका हरेक दुखी पीडितहरुलाई आफुले आर्थिक सहयोग गर्दै आईरहेको बताउदै यस बर्ष भने कतारमा रहेका दिदीबहिनीहरुलाई निशुल्क दर खुवाउने कार्यक्रम राखेको बताईन । कार्यक्रमको समापन गर्दै सभापति पान्डेले कार्यक्रमलाई भब्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरुलाई धन्यवाद प्रकट गरिन ।

    दुई सय पचास भन्दा बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण देवी कडेलले गरेका थिए । कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *