गौरमा धारिलो हतियार प्रहार गरी ७४ वर्षिया वृद्धको हत्या


  • गौरमा धारिलो हतियार प्रहार गरी ७४ वर्षिया वृद्धको हत्या
  • रौतहट । रौतहटको गौरमा मंगलबारराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। 

    गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को हत्या गरिएको हो । महतोको शव बुधबार बिहान फेला परेको हो।



  • महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए। महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट छन्। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ। 

    महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *