विराजको ‘१२ गाउँ’को टिजर सार्वजनिक


  • विराजको ‘१२ गाउँ’को टिजर सार्वजनिक
  • काठमाडौं । चलचित्र ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

    अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको ‘१२ गाउँ’को टिजरबाट चलचित्र बदलाको कथामा बनेको बुझ्न सकिन्छ । फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

    भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर अभिनेता बिराज भट्टका छोरा हुन् । ‘१२ गाउँ’ मा अहिलेसम्म नेपाली फिल्ममा नभएको एक्सन राखिएको निर्देशक भट्टले बताए ।



  • आगामी असोजको २४ गते फूलपातिबाट प्रदर्शनको मिति तय गरिएको चलचित्रमा दुई पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि अभिनेत्रीको रुपमा डेव्यु गरेका छन् । 

    अर्जुन पोखरेल संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी ,प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन,  विराज भट्टको कथा रहेको चलचित्रमा विराज, समीर, न्यान्सी खड्का , सनिशा भट्टराई, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *