मेराकी ब्युटी स्यालुनको आयोजनामा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न


  • मेराकी ब्युटी स्यालुनको आयोजनामा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न
  • दर्शन सुनार/कतार :"मध्य पुर्वको देश कतारमा बिगत एक दशक देखी आफ्नो ब्यवसायी गर्दै आएकी मोरङ जिल्लाकी नानू तामाङले सञ्चालनमा ल्याएको मेराकी ब्युटी स्यालुनले तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै मेराकी ब्युटी स्यालुनकी सञ्चालीका नानु तामाङको सभापतित्व तथा रोज एन्ड हेल्पिङका अध्यक्ष रोज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    तिज बिशेष कार्यक्रममा स्थानिय कलाकार रितु थापा, अनिल बिस्वकर्मा, मनिष कुमार,लक्ष्मी क्षेत्री लगायत अन्य कलाकारहरुले सागिंतिक प्रस्तुति दिएका थिए । मेराकी ब्युटी स्यांलुनको निमन्त्रणामा हलमा उपस्थित भएका नेपाली दिदिबहिनीहरुले मेराकी ब्युटी स्यालुनले यो परदेशमा माईतीको भुमिका निर्वाह गरेकोमा स्यालुन परिवारलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।



  • प्रमुख अतिथी थापाले मन्तव्य बोल्दै परदेशमा हप्ताको सातै दिन कामको ब्यस्तको बावजुदमा पिल्सिरहने हामी नेपाली दिदीबहिनी एक दिन धोको फुकाएर नाच्ने,गाउने खुसी साटनें अवसर मिलाईदिएकोमा स्यालुन परिवारलाई धन्यवाद प्रकट गरिन ।

    सभापति तामाङले हरेक बर्ष कार्यक्रमको आयोजना गर्दै आईरहेको र यस बर्ष पनि निरन्तरता दिदै कार्यक्रमको आयोजना गरेको बताईन । कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई धन्यवाद व्यक्त गर्दै
    अबुहमरको रिजेन्सी सिङ्गल नजिकै भिल्ला न  २८ मा रहेको मेराकी स्यालुनमा एक पटक उपस्थित भएर एक पटक सेवा गर्ने मौका दिन सबैलाई आग्रह गरिन ।

    कार्यक्रममा दुई सय भन्दा बढी महिला दिदीबहिनीहरुको सहभागिता रहेको कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो । कार्यक्रमको सहजीकरण रेखा सुनार र देवी कडेलले मिलेर गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *