विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने


  • विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने
  • दर्शन सुनार/कतार : नेपाली रक्तदाता संघ कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

    "हाम्रो बिश्वव्यापी अभियान,जहाँ नेपाली त्यहाँ रक्तदान" भन्ने मुल नाराका साथ विश्व मानवता दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।



  • कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा शुक्रबार बिहान आठ बजे देखि दिउँसो एक बजे सम्म रक्तदान चल्ने संघका अध्यक्ष रामजी खत्रीले सौर्य पत्रलाई जानकारी दिए ।

    उक्त बृहत् रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि संघले अनुरोध समेत गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *