भैंसी खान गएको बाघलाई भैसीले हान्दा बाघको मृत्यु


  • भैंसी खान गएको बाघलाई भैसीले हान्दा बाघको मृत्यु
  • मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरमा भैंसी गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न गोठमा आएको बाघलाई उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको हो ।

    बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । त्यसपछि छिमेकीहरूसहित घरधनी गोठमा पुग्दा भैंसी घाइते र बाघ मरेको अवस्थामा पाइएको थियो ।



  • घटनास्थलमा पुगेर फर्किर्एका इलाका प्रहरी कार्यालय मनहरीका सई सन्तोष चौधरीले भैंसीले प्रतिकार गर्दा बाघ मरेको हुनसक्ने बताए । घटनाको थप अनुसन्धान र पोस्टमार्टमका लागि मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको प्रहरीले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *