दिल्लीमा अटो र ट्याक्सी चालकद्धारा क्याब सेवाविरुद्ध हडताल


  • दिल्लीमा अटो र ट्याक्सी चालकद्धारा क्याब सेवाविरुद्ध हडताल
  • नयाँदिल्ली । दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् ।

    बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन् ।
    एपमा आधारित क्याब सेवाहरू अवैध रूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए ।

    ‘ओला र उबर जस्ता कम्पनीहरूले हाम्रो पैसा खाइरहेका छन्, हामीले ओला र उबर जस्ता एपमा आधारित क्याब सेवाविरुद्ध हडताल गरेका छौँ, यी कम्पनीहरू अवैध रूपमा चलिरहेका छन् र स्थानीय चालकहरूले आफूले पाउनुपर्ने पारिश्रमिक पाइरहेका छैनन्’, उनले भने, ‘यी एपले अटो र बाइक जस्ता सबै सवारी साधनलाई लिएका छन्, यसबाट स्थानीय चालकहरूलाई अहिले कुनै व्यवसाय छैन ।’



  • उनले सरकारले ध्यान नदिए भविष्यमा विध्वंश हुने सम्भावना रहेको बताए । ‘हाम्रो अत्यन्त सरल मागहरू छन्– हामी ओला र उबरलाई बन्द गर्न माग गर्दछौँ’, उनले भने ।

    एपमा आधारित सेवाहरूले सवारी खोसेर आफ्नो आम्दानी घटाएको चालकहरूले गुनासो गरेका छन् । केही चालकले दैनिक खर्च पनि पूरा गर्न नपाइरहेको दाबी गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *