कोरोनाबाट नेपालगन्जमा थप एकजनाको मृत्यु



नेपालगन्ज ११, भदौ ।
नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्युभएको छ । नेपालगन्ज उमहानगरपालिका–७ की ७० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
छातिको समस्या भएपछि ती महिला भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन नमुना संकलनगरी भेरी अस्पताल पठाइएको थियो । त्यसको दुई दिनपछि रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको उपचारका क्रममा आज विहीबार विहान ११ः ३० मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । चिकित्सकका अनुसार ती महिलाको दुवै फोक्सोमा निमोनिया भएको थियो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि नेपालगन्जका दुई, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा एक–एकजनाको भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।