भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो,१४ जनाको मृत्यु


  • भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो,१४ जनाको मृत्यु
  • काठमाडौं । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्दा १४ जनाको मृत्यु भएको छ । 



  • सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । बसमा भारतीय पर्यटक सवार रहेको जानकारी दिए । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले बताए ।युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *