विश्व मानवता दिवसको अवसरमा कतारमा रहेका नेपालीले गरे रक्तदान


  • विश्व मानवता दिवसको अवसरमा कतारमा रहेका नेपालीले गरे रक्तदान
  • दर्शन सुनार/कतार : कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्व मानवता दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ,कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    शुक्रबार कतारको अलसाद स्थित हमद हस्पिटलको बल्ड डोनेसन सेन्टरमा रक्तदाता संघका संरक्षक हसंराज ढकालले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा ४१ जनाको उपस्थिति रहेको थियो।



  • रक्तदान गर्नका लागी ३१ जनाले रजिष्ट्रेसन गरेका थिए जस मध्य २१ जनाले रक्तदान गर्न सफल भएको र १० जना रक्तदान गर्नबाट बञ्चित भएको संघका अध्यक्ष रामजी खत्रीले सौर्य पत्रलाई जानकारी दिए ।

    रक्तदान कार्यक्रममा संघले रक्तदान जस्तो पुण्य कार्यमा उपस्थित भएर रक्तदान गरेका रक्तदाताहरुलाई धन्यवाद प्रकट गर्दै नेपाली ढाकाको टोपी, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो र संघको लोगो अकिंत ब्याच प्रदान गर्दै सम्मान गरेको थियो ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बिहान आठ बजे देखि मध्यान्ह एक बजे सम्म चलेको रक्तदान कार्यक्रममा अन्तिम रक्तदान पत्रकार तिलु शर्मा पौडेलले गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *