टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ 


  • टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ 
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो ।

    उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका थिए ।

    नारा चलिरहेकैबीचमा पोडियममा सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । देउवा पोडियममा पुग्नासाथ भिड उत्तेजित बन्यो । उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थालेको थियो ।



  • त्यसपछि देउवा पनि आक्रोशित भए । उनले भने, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने।

    भिड झनै आक्रमक बन्न थाल्यो । त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए । उनले भने, ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलनरु यही कुरा सिकेर आएको होरु बदमासहरू ।’

    सांस्कृतिक पर्वमा आमन्त्रित भएर पुगेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी नवराज सुवेदीका अनुसार विरोधमा उत्रिएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *