कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै


  • कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै
  • दर्शन सुनार/कतार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा "रमाइलो तिज विशेष" साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार कतारस्थित अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजे देखी सुरु हुनेछ ।

    नेपाली महिला समाज कतार र एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष लोक दोहोरी गायिका रिता थापा मगर आउने भएकी छिन । 



  • कार्यक्रममा महिला दिदीबहिनीहरुलाई प्रवेश निशुल्क गरिएको छ भने पुरुषहरुको लागि शुल्क लाग्ने एनसिसी कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले जानकारी दिए ।

    कार्यक्रममा नेपाली दिदिबहिनीहरुसंगै कतारबासी सबैलाई उपस्थित भएर मनोरञ्जन लिन नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीले अनुरोध गरेकी छिन ।कार्यक्रममा सरिक हुने दिदी बहिनीहरुलाई कतारका बिभिन्न स्थानहरु बाट निशुल्क यातयातको ब्यवस्था समे्त गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *