बाँके प्रहरीको सफलता: ठूलो मात्रामा सुनचाँदीसहित ४ जना पक्राउ


  • बाँके प्रहरीको सफलता: ठूलो मात्रामा सुनचाँदीसहित ४ जना पक्राउ
  • नेपालगंज । बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो प्रहरीले नेपालगन्ज २ का महेश मुराउ, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी ४ का ओमजंग चौधरी र राजापुर बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनारलाई ४०७ ग्राम सुन र साढे १० केजी चाँदीसहित पक्राउ गरेको हो ।

    सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको सुन, चाँदी र ०३०१–०२४ च ६७६३ नम्वरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद गरिएको सुनचाँदीको मुल्य एक करोड पांच लाख तेत्तिस हजार चार सय बराबरको रहेको छ ।

    बरामद सुनचाँदी र ओसारपसारमा संलग्न कार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।



  • त्यस्तै ३ लाख ८१ हजार पचास रुपैयाको अबैध सामान बरामद

    जिल्ला प्रहरी कार्यालय बाँकेबाट र प्रहरी चौकी साईगाउँबाट खटिएको प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको चिनी,चामल कुर्तासुरवाल फेला पारेको छ ।

    बाँकेबाट खटिएको प्रहरीले नेपालगंज बसपार्कबाट र प्रहरी चौकी साईगाउँबाट खटिएको प्रहरीले साईगाउस्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामाग्री अन्दाजी मुल्य रु.३,८१, ०५०।– (तिन लाख एकासी हजार पचास रुपैया) बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *