निषेधाज्ञामा अनलाइन डेलिभरी गर्ने ६५ जना समातिए


  • निषेधाज्ञामा अनलाइन डेलिभरी गर्ने ६५ जना समातिए
  • काठमाडौं १२ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। निषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *