‘एक्टर’मा देखिए राजबल्लभ र प्रदिप फरक भुमिकामा


  • ‘एक्टर’मा देखिए राजबल्लभ र प्रदिप फरक भुमिकामा
  • काठमाडौं । चलचित्र ‘एक्टर’बाट अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइराला र  प्रदिप खड्काको क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ ।

    पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको पहिलो पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देखिन्छ । 

    दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही चलचित्रबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।

    त्यस्तै दोस्रो सार्वजनिक पोस्टरमा प्रदीप लामो कपाल र निन्याउरो अनुहारमा देखिएका छन् । उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । 



  • कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको ‘एक्टर’मा प्रदीप र राजवल्लभसँगै अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । 

    अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यही चलचित्रबाट डेब्यु गरेकी हुन् । अभिनेता खड्काले पहिलो पटक चलचित्रमा पर्दामा आना र दिव्यासँग सहकार्य गरेका छन् ।

    राजन भुसालको निर्देशन रहेको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *