कतारमा भव्य तरिकाले मनाईयो तीज, गायिका थापाले मच्याईन् धमाका


  • कतारमा भव्य तरिकाले मनाईयो तीज, गायिका थापाले मच्याईन् धमाका
  • दर्शन सुनार/कतार : नेपाली महिला समाज कतार र एनआरएनए एनसिसी कतार,महिला बिभागको समन्वयमा "तिज बिशेष कार्यक्रम" भब्य रुपमा सम्पन्न भएको छ ।

    कतारमा स्थापित ६२ वटा संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित "श्रमिक सचेतना सहित  बिविध सांस्कृतिक कार्यक्रममा" थापाले धमाका मात्र मच्याईनन दर्शकहरुलाई झुमाउन कुनै पनि कसुर बाँकी राखिनन ।

    "देउन आमा एक मुठी पानी गित गाउदै स्टेज चढेकी गायिका थापाले ए आमा जान भन्यो मलाई, लगायत आफ्ना आधा दर्जन गितहरुमा प्रस्तुति राखेकी थिईन ।  उपस्थिति दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिदै थापाको प्रस्तुतिमा झुमेर छमछमी  नाचेका थिए । थापाले सांगीतिक प्रस्तुतिले भब्य रुपमा तिजमय बनेको थियो ।

    शुक्रबार अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारकी प्रथम सचिव सीता ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    विधिवत उदघांटन सहित ब्यानर अनावरण गर्दै दिप प्रज्जलन गर्दै अघि बढेको कार्यक्रममा उपस्थित  अतिथीहरुलाई गुलाबको फुल दिएर स्वागत गरिएको थियो । बाल बलाकार दिया सिहं,आरोही थापा,प्रज्ञा निहुरे,समुर्द्धी सापकोटा,गुनगुन ठकुरीले स्वागत नृत्य राखेका थिए ।



  • कार्यक्रममा दुई दर्जन भन्दा बढी स्थानिय कलाकारहरुले गायन तथा नृत्य बिधामा आफनो सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न विशिष्ट ब्यक्तित्व कलाकार, पत्रकार,लगायत हरेक कार्यक्रमलाई  विभिन्न कोणबाट सहयोग गरेका दाताहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।नेपालबाट आमन्त्रित अतिथी कलाकार रिता थापा मगरलाई संघले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको केन्द्रिय अध्यक्षमा नेतृत्व लिएर साथै आफ्नो कला मार्फत बिश्वभर चिनिन सफल भएको भन्दै गायिका थापालाई स्टेजमै दोसल्ला ओढाएर मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

    कतार मिनिष्टरी आन्तरिक मन्त्रालयका अधिकारीहरुले कार्यक्रमको सभाहलमा उपस्तिथि सम्पुर्णलाई कतारको नियम कानुनको बारेमा प्रष्ट पारेका थिए । कतारमा गैरकानुनी रुपमा ड्रक्स  लगायत अन्य औषधी किनबेच गरेको पाईएमा फाईन ,जेल सजाय तथा कसुरको बारेमा बताउदै कानुनले फर्जित गरेका कामहरु न गर्न समेत आग्रह गरे ।

    प्रमुख अतिथी ज्ञवालीले परदेशमा पनि पारिवारिक माहोलमा तिज मनाउने अवसर प्रदान गरेकोमा महिला समाज कतार प्रति धन्यवाद ब्यक्त गरिन । एनआरएनए एनसिसी कतारकी महिला संयोजक सुस्मिता ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति केसीले आफ्नो शुभकामना मन्तव्य बोल्दै आउदै गरेको हरितालिका तिजको सबैलाई शुभकामना व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई हार्दिक आभार प्रकट गरिन । करिब एक हजार दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजीकरण समाजकी महासचिव मेनुका खतिवडा भन्डारी र प्रवक्ता सारदा भुजेलले मिलेर गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *