पूर्वमन्त्री रामकुमारी झाक्री र दोहोरी गायिका जमुना सनम कतार आउँदै


  • पूर्वमन्त्री रामकुमारी झाक्री र दोहोरी गायिका जमुना सनम कतार आउँदै
  • दर्शन सुनार/कतार : प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागको आयोजनामा "हरितालिका तिज" कार्यक्रम हुने भएको छ ।

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन साथै प्रमुख अतिथिको भुमिका निर्वाह गर्न नेपालबाट  (एकीकृत समाजवादी) पाटीकी महिला नेत्री एवं पुर्व मन्त्री रामकुमारी झाक्री र सांगीतिक प्रस्तुतिका लागी लोक तथा दोहोरी गायिका जमुना सनम कतार आउन लागेको कुरा मञ्चका अध्यक्ष मोहम्मद मुक्तताले जानकारी दिए ।



  • "तिज बिशेष" कार्यक्रममा युवा नेत्री झाक्रीको बिशेष सम्बोधन रहने छ । सौर्यपत्र सगंको कुराकानी गर्दै मञ्चकी महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक राम कुमारी तामाङले दोहोरी गायिका जमुना सनमको बेजोड सांगीतिक प्रस्तुति सगैं कतारमा रहेका दर्जनौं स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने बताईन ।

    आगामी शुक्रबार दोहाको मुटुमा रहेको होटेल  क्राउन प्लाजाको दोस्रो तल्लामा मध्यान्ह १२ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ ।कतारमा रहेका नेपाली दिदीबहिनीहरु लगायत कतारमा स्थापित सम्पुर्ण संघ-संस्थाहरुलाई उपस्थितिको लागि नेपाली मञ्चले अनुरोध समेत गरेको छ । सौर्यपत्र अन्लाईन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको  रुपमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *