दाङ देउखुरी सेवा समाज कतारले ‘तीज विशेष’ कार्यक्रम गर्दै, गायिका रिता केसी आउँदै


  • दाङ देउखुरी सेवा समाज कतारले 'तीज विशेष' कार्यक्रम गर्दै, गायिका रिता केसी आउँदै
  • दर्शन सुनार/कतार : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको  अवसर पारेर दाङ देउखुरी सेवा समाज कतारले 'तीज विशेष तथा बृहत् साँस्कृतिक' कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    लुम्बिनी प्रदेश समन्वय परिषद कतारको मातहतमा रहेका जिल्ला संस्थाहरुको सह आयोजना साथै रोल्पाली समाज कतार,ठकुरी संजाल कतार, परियार मित्रता समाज कतारको विशेष सहयोगमा गृह जिल्ला दाङमा "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोषको स्थापना सहयोगार्थ"को लागी कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट चर्चित गायिका रिता केसी कतार आउने भएकी छिन ।



  • उक्त तिज बिशेष तथा साँस्कृतिक कार्यक्रममा गायिका रिता केसीको बेजोड साँगितिक प्रस्तुति सगै कतारमा रहेका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनिषा खड्काले सौर्यपत्रलाई जानकारी दिईन । आगामी शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखि कार्यक्रम शुरु हुने कार्यतालिका रहेको छ । उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-संस्था तथा कतारलाई कर्म थलो बनाउदै आएका दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन समाजले अनुरोध समेत गरेको छ ।

    "दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना" भन्ने मुल नाराका साथ २०१२ कतारमा स्थापना भएको दाङ देउखुरी सेवा समाज कतार एक सामाजिक संस्था हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *