धनकुटा सेवा समाज कतारले “चेलीबेटी भेटघाट” कार्यक्रम गर्दै


  • धनकुटा सेवा समाज कतारले "चेलीबेटी भेटघाट" कार्यक्रम गर्दै
  • दर्शन सुनार/कतार : "धनकुटा सेवा समाजको चाहना,शुद्ध सामाजिक भावना" भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले "चेलीबेटी भेटघाट" कार्यक्रम गर्ने भएको छ ।

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर समाजले "आन्तरिक तिज तथा चेलीबेटी भेटघाट कार्यक्रम २०२४" को आयोजना गरेको हो ।



  • समाजका अध्यक्ष तिल बिक्रम मगरले सौर्यपत्र सगंको कुराकानीमा समाजले प्रत्येक बर्ष मनाउदै आएको तिज कार्यक्रमलाई निरन्तरता दिदै यस बर्ष पनि समाजले प्रवासमा रहेका धनकुटेली दाजुभाई दिदीबहिनीहरु लगायत कतारमा रहेका चेलीबेटीहरुलाई पारिवारिक माहोलको सिर्जना गर्ने र एक आपसमा दुख सुख बाडदै,खुसी साट्ने र चेलीबेटीहरुलाई दर खुवाउने भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताए ।

    आगामी शुक्रबार सनैयाको प्लाजामलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११.३० बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । उक्त कार्यक्रममा कतारमा रहेका नेपाली दिदीबहिनी तथा दाजु भाईहरुलाई उपस्थितिको लागि कार्यक्रम संयोजक तिलामाया मगर अनुले  अनुरोध समेत गरेकी छिन ।

    धनकुटा सेवा समाज कतारमा स्थापित एक सामाजिक संस्था हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *