दाङ देउखुरी सेवा समाज कतारको ‘तीज विशेष’ कार्यक्रमको लागि गायिका केसी कतार आईपुगिन्


  • दाङ देउखुरी सेवा समाज कतारको 'तीज विशेष' कार्यक्रमको लागि गायिका केसी कतार आईपुगिन्
  • दर्शन सुनार/कतार: दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना" भन्ने मुल नाराका साथ दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको "तिज बिशेष साँस्कृतिक" कार्यक्रममा  आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार रिता केसी कतार आईपुगेकी छिन ।

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष  स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी बुधबार बिहान कतार आईपुगेकी हुन ।

    नेपालबाट आमन्त्रित कलाकारलाई भब्य स्वागत गर्नको लागि बुधबार बिहान समाजका अध्यक्ष रण बहादुर केसी,सचिव सुरत शाही, कार्यक्रम संयोजक मनिषा खड्का कार्यसमितिका पदाधिकारीहरु लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।



  • कलाकार कतार आईपुगे सगैं कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष रण बहादुर केसीले जानकारी दिए । गायिका केसीले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी गराउदै शुक्रबार हुन लागेको तिज बिशेष कार्यक्रममा कतारबासी सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन ।

    शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा दिनको ११ बजे देखि  कार्यक्रम सुचारु  हुने कार्यतालिका रहेको छ । कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ ।कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन दाङ देउखुरी  समाज कतारले अनुरोध समेत गरेको छ । कार्यक्रम आउन जानका लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।


    यातायातको सहजीकरणका लागि ५५६५४७७१ मा सम्पर्क गर्न सकिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *