तीज बिशेष साँस्कृतिक कार्यक्रममा रिताले नचाईन दर्शकलाई छमछमी


  • तीज बिशेष साँस्कृतिक कार्यक्रममा रिताले नचाईन दर्शकलाई छमछमी
  • दर्शन सुनार/ कतार । दाङ देउखुरी सेवा समाज कतारले "तिज बिशेष साँस्कृतिक" कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । "दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना" भन्ने मुल नाराका साथ गृह जिल्लामा "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्न तिज कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा लोक्रपिय गायिका रिता केसीले आफू दोस्रो पटक कतारमा सांगीतिक प्रस्तुति दिन आउन पाउँदा खुसी व्यक्त गरिन । उनले चर्चित गीतहरु, ‘प्राण भन्दा प्यारो माईतिघर’, ‘जय शिव शंकर भोला’, ‘जस्ताछड्के नजर’, ‘नाई नाई न भने मायाले’, ‘नाच्नमा एक नम्बर’, ‘साथ दिसिन्छ’, ‘झ्याउरे गित’ लगाएत एक दर्जन बढी गीक मार्फत दर्शकलाई मज्जाले नचाइन । 



  • दाङ देउखुरी सेवा समाजका अध्यक्ष रण बहादुर केसीको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  संयोजक मनिषा खड्काले कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन । कार्यक्रम बालकलाकार जिया हमाल र कृजल पन्थीले स्वागत नृत्य राखेका थिए । गुना मगर,साजना स्वर्णकार ईन्दिरा शाही,शान्ती वली,रेश्मी सेन्चुरी,सिर्जना क्षेत्रीले सांगीतिक प्रस्तुति दिएका थिए ।

    प्रमुख अतिथी माया केसीले हरितालिका तिजको अवसरमा उपस्थित सम्पुर्णलाई शुभकामना व्यक्त गर्दै केही दुख समस्या परेमा समाजलाई सम्झिन समेत आग्रह गरिन। सभापति केसीले तिज बिशेष कार्यक्रमलाई निरन्तरता दिदै सफलताका लागी सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम गर्ने वातावरण मिलाईदिएकोमा एनआरएनए एनसिसी कतारलाई बिशेष धन्यवाद प्रकट गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *