महोत्तरीका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि



जनकपुरधाम १३, भदौ।
महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो ।मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो ।योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।