धनकुटा सेवा समाज कतारले भब्य रुपमा मनायो तीज


  • धनकुटा सेवा समाज कतारले भब्य रुपमा मनायो तीज
  • दर्शन सुनार/कतार : धनकुटा सेवा समाजको चाहना,शुद्ध सामाजिक भावना" भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले "चेलीबेटी भेटघाट" तथा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर समाजले शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष तिल बिक्रम मगरको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार डिल्ली कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।



  • बिधिवत रुपमा ब्यानर अनावरण गरि उदंघाटन गर्दै अघि बढेको कार्यक्रममा संयोजक तिलामाया मगर अनुले कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिईन ।चेलीबेटी भेटघाट कार्यक्रममा कलाकार लक्ष्मी क्षेत्री, रिता मोटे, डान्सर शान्ती वलि लगायत अन्य थुप्रै कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए ।

    कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि,सामाजिक ब्यक्तित्व,समाजसेवीहरु सहित नेपाली महिला दिदीबहिनीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

    "आन्तरिक तिज तथा चेलीबेटी भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले यो कार्यक्रमले कतारमा रहेका धनकुटेली चेलीबेटीहरु र दाजुभाईको माया सम्बन्धमा सदैब कायम रहने बताए । उनले समाजले स्थापना काल देखी नै मनाउदै आएको पर्वलाई निरन्तरता दिएकोमा धन्यवाद समेत व्यक्त गरे ।

    सभापती मगरले खाडी मुलुक कतारलाई कर्म थलो बनाउदै आएका गृह जिल्लाका दाजु भाई तथा कतारमा रहेका दिदीबहिनीहरुलाई चाड्पर्वको अवसर पारेर समाजले पारिवारिक माहोलको सिर्जना गर्ने बताउदै भई परि आएको खण्डमा समेत एक अर्काको दुखमा सहयोग पुग्ने बताए । मगरले कार्यक्रमलाई आर्थिक, नैतिक,भौतिक र सामाजिक रुपमा विभिन्न कोणबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरे ।

    समाजका वरिष्ठ उपाध्यक्ष रबिन पुन मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सिमित ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना वक्ताहरुले समाजले कतार तथा गृह जिल्ला समेत निकै राम्रा काम गर्दै आईरहेको बताउदै प्रशंसा समेत गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यवाहक महासचिव खेमराज खड्का र रविन पुन मगरले मिलेर गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *