रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु


  • रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु
  • रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन ।


    यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो ।



  • यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *