नेपालमा भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो



काठमाडौं १३, भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् । योसँगै भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।