रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ, लडाई बल्ल सुरु हुदैछ :रवी लामिछाने


  • रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ, लडाई बल्ल सुरु हुदैछ :रवी लामिछाने
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउने बताएका छन् ।

    काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए । 



  • ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’, लामिछानेले भने, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’उनले सानो लडाइका लागि नआएको भन्दै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको र २०७९ को चुनाव निम्तो कार्डमात्र भएको बताए । 

    मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको लामिछानेको भनाइ छ ।  ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । लडाई बल्ल सुरु हुदैछ’, लामिछानेले भने, ‘हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन । शान्त विद्रोह गर्छौ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *