प्रहरीको बढुवा अन्यौलमा, ४ हजार दरबन्दी रिक्त


  • प्रहरीको बढुवा अन्यौलमा, ४ हजार दरबन्दी रिक्त
  • काठमाडौं । नेपाल प्रहरीमा तलदेखि माथिसम्म करिब ४ हजार दरबन्दी रिक्त छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले ती दरवन्दीमा बढुवा र भर्नाको प्रकृया अघि नबढाउदा दुई महिनादेखि नेपाल प्रहरी अस्तव्यस्त बनेको छ ।

    प्रहरी स्रोतले दिएको जानकारी अनुसार दशैँअघि बढुवा र भर्नाको कुनै पनि प्रकृया अघि बढ्दैन । नेपाल प्रहरीको कार्यासम्पादन मूल्याकनको विवरण असोज २१ गते अर्थात हिजो मात्रै सकिएको छ । साथै, आइजीपीले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको दरवन्दीमा बढुवा र भर्नाको सख्या कति हो भन्ने विवरण समयमै नबुझाएकाले तत्कालै दुवै प्रकृया रोकिएको गृह स्रोतले दृष्टिलाई बताएको छ ।

    स्रोतका अनुसार यतिबेला प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५२९ जनाको दरबन्दी खाली छ । माथिल्लो तहमा मात्रै करिब २ सय पद बढुवाका लागि रिक्त रहेको छ । एक साथ ८९ र त्यसपछि क्रमश रिक्त रहेका पदमा दरवन्दीमा बढुवा हुनसकेको छैन । प्रहरी अस्पतालमा त झन दुई महिनादेखि एआइजी रिक्त रहेको छ ।

    मुख्यालयका अनुसार २ प्राविधिकसहित ७ डीआईजी, ४ प्राविधिकसहित १७ जना एसएसपी, २ प्राविधिकसहित १९ जना एसपी, एकजना प्राविधिकसहित ४७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । उनीहरू सबैको एक महिना अघि नै बढुवा भैसक्नुपर्ने थियो ।



  • ‘आइजीपीको विदेश भ्रमण, गृहमन्त्रीलाई जानकारी नदिनुजस्ता विषयले बढुवाको प्रकृयामा रहेका अधिकृतहरूको बढुवा एक महिनादेखि रोकिएको छ । कार्यसम्पादन मूल्यांकनको विषय उठाएर रोकिएको हो’ स्रोतले भन्यो ।

    स्रोतका अनुसार आइजीपीले चाहेको भए भदौको तेस्रो साता नै सबैको बढुवा निकाल्न सक्थे । नेपाल प्रहरीमा पछिल्लो पटक तलदेखि माथिसम्म चेनअफ कमाण्ड बिग्रेको र सरुवा बढुवामा समेत नेताहरूको अघिपछि लाग्नुपर्ने अवस्था आएको छ ।

    प्रहरी प्रधानकार्यालयले दिएको विवरण अनुसार अहिले ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *